Logo

Jun 28 2026 | २०८३, असार १४ गते

Jun 28 2026 | २०८३, असार १४ गते

नेप्से दोहोरो अंकले घट्दा शेयर बजारमा ६ अर्ब ७६ करोडको कारोबार

नेप्से दोहोरो अंकले घट्दा शेयर बजारमा ६ अर्ब ७६ करोडको कारोबार

  • काठमाडौँ ।  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीवार दोहोरो अंकले ओरालो लागेको छ ।

    onlinepatrika
    Arghakhachi

    बुधवार पनि ओरालो लागेको नेप्से हप्ताको अन्तिम दिन बिहीवार पनि दोहोरो अंकले घटेर बजार बन्द भएको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से २२.७० विन्दुले ओरालो लागेर २०३२.५१ मा ओर्लेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.०४ विन्दुले घटेर ३८.९४ मा पुगेको छ ।

    AGNI GROUP

    कूल १९५ कम्पनीको १ करोड ४१ लाख १४ हजार ४६० कित्ता शेयर ६ अर्ब ७६ करोड ९८ लाख ९० हजार ८१५ रुपैयाँ बराबरको कारोबार भयो । नेप्सेका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये बिहीवार लघुवित्त उपसमूहको शेयर मात्रै उकालो लागेको छ । सो उपसमूह भने ९.२८ ले उकालो लागेको हो ।

    बैंकिङ ११.४, व्यापार ५८.०१, होटल ३२।०६, विकास बैंक १६.६८, जलविद्युत् २७.३६, वित्त ८.३९, निर्जीवन बीमा १३५.५९, उत्पादन ३५.१, अन्य ३२.४५, जीवन बीमा २७४.२७ र सामूहिक लगानी कोष ०.०७ विन्दुले ओरालो लागेको छ । 

    कारोबारका आधारमा बिहीवार नेपाल पुनरबीमा कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको ८० करोड २५ लाख ८३ हजार ६५ बराबरको कारोबार भयो । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ५५ करोड ४० लाख ३३ हजार ४१८, नेपाल बैंक लिमिटेड ३७ करोड ८७ लाख ६५ हजार ७४३, नागरिक लगानी कोष २६ करोड १७ लाख ३५ हजार ७१५, नेसनल लाइफ इन्स्योरेन्स २४ करोड ५३ लाख १८ हजार ३४९, एनआईसी एशिया बैंक २३ करोड ८६ लाख ११ हजार १६४, शिखर इन्स्योरेन्स कम्पनी १६ करोड ९१ लाख १२ हजार ९२८ र हिमालयन डिस्टिलरी १६ करोड ७५ लाख १८ हजार ७१७ बराबरको कारोबार भई शीर्ष स्थानमा छन् । 

    कारोबार भएका कूल कम्पनीमध्ये ४५ कम्पनीको शेयर उकालो लाग्दा ११७ कम्पनीको भने ओरालो लागेको छ । ११ कम्पनीको भने कुनै परिवर्तन भएन । 

    कारोबारका आधारमा माहुली सामुदायिक लघुवित्त ९।९३, माउन्टेन इनर्जी ९.७९, छ्याङदी हाइड्रोपावर ९.६६, सारथी नेपाल लघुवित्त ६.२२, आरएमडीसी ५.८८, सूर्योदय लघुवित्त ५.३८, मिर्मिरे माइक्रोफाइनान्स ४.७१, सिटिजन इन्भेस्टमेन्ट बैंक ४.६८ र श्री इन्भेस्टमेन्ट फाइनान्सका लगानीकर्ताले ४.५२ प्रतिशतले कमाएका छन् । 

    नारायणी डेभलपमेन्ट बैंक ७.५१, नेपाल बैंक लिमिटेड ६.२५, खानीखोला हाइड्रोपावर ५.९३, नेपाल पुनरबीमा कम्पनी ५.८१, माथिल्लो तामाकोशी ४.९८, ओरियन्टल होटल ४.११, एनसिसी बैंक ४ र नेशनल माइक्रोफाइनान्सका लगानीकर्ताले ३.७८ प्रतिशतले गुमाएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij