Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

बढ्यो सुनको मूल्य, चाँदी घट्यो

बढ्यो सुनको मूल्य, चाँदी घट्यो

  • काठमाडौं । साताको दोस्रो दिन सोमबार (आज) सुनको मूल्य बढेको छ । साताको पहिलो दिन (हिजो) ६ सयले घटेको सुनको कारोबार मूल्य आज सोमवार भने बढेको हो। आज सुन तोलामा २ सयले बढेको छ भने चाँदी ५ रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    सोमवारका लागि सुनको मूल्य ९२ हजार ८ सय रूपैयाँ कायम भइ कारोबार भइरहेको छ। त्यस्तै आइतवार (हिजो) प्रतितोला ९२ हजार ६ सय थियो।

    त्यसैगरी आज तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ३ सय रहेको छ । त्यस्तै सोमवार चाँदीको मूल्य प्रतितोला १२ सय ९० भएको छ। यसअघि आइतवार चाँदी १२ सय ९५ थियो।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij