Logo

Aug 12 2025 | २०८२, साउन २७ गते

Aug 12 2025 | २०८२, साउन २७ गते

पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरोधमा अनेरास्ववियुद्वारा माइतीघरमा शङ्ख जुलुस

पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरोधमा अनेरास्ववियुद्वारा माइतीघरमा शङ्ख जुलुस

  • ललितपुर । पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरोधमा खनाल-नेपाल पक्ष विद्यार्थी संगठन अनेरास्ववियुले माइतीघरमा मण्डलामा शङ्ख फुक्दै विरोध प्रदर्शन गरेका छन् । साथै नेपाल आयल निगमलाई मूल्यवृद्धि फिर्ता लिन अल्टिमेटम दिएका विद्यार्थी संगठनहरुले आन्दोलनका थप कार्यक्रम घोषणा गरेका छन् ।

    images
    images
    images

    नेपाल आयल निगमले असार २४ गते मूल्यबृद्धि फिर्ता गर्नका लागि दिइएको ७२ घण्टे अल्टिमेटमको बेवास्ता गर्दै माग सम्बोधन नगरेको भन्दै विद्यार्थी संगठनले आन्दोलनका थप कार्यक्रम घोषणा गरेको हो ।

    images

    असार २८ गतेदेखि निगमका गाडीहरु चल्न नदिने, असार २९ गते पेट्रोलियम ढुवानी र बिक्री गर्ने संगठनहरुलाई पेट्रोल पम्प र ट्याङ्कर सञ्चालन नगर्न अनुरोध गर्ने र असार ३० गतेदेखि देशभरका सम्पूर्ण पेट्रोल पम्प र ट्याङ्कर बन्द गर्ने आन्दोलनका कार्यक्रमहरु रहेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij