Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

चालू खाता २ खर्ब ४७ अर्बले घाटामा

चालू खाता २ खर्ब ४७ अर्बले घाटामा

  • काठमाडौं । आर्थिक वर्ष २०७७–७८ को १० महिनामा कुल आन्तरिक कर्जा बढ्नुका साथै निक्षेप संकलन र कर्जा परिचालन बढेको पाइएको छ । बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन १४।३ प्रतिशत र निजी क्षेत्रमाथिको दाबी २३।६ प्रतिशतले बढेको हो । वार्षिक बिन्दुगत आधारमा भने निक्षेपको वृद्धिदर २२।२ प्रतिशत र निजी क्षेत्रमाथिको दाबीको वृद्धिदर २३।१ प्रतिशत छ ।

    यसैगरी चालू आर्थिक वर्षको वैशाख मसान्तसम्ममा सरकारको चालू खाता २ खर्ब ४७ अर्ब ८ करोडले घाटामा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा चालू खाता ९६ अर्ब १८ करोडले घाटामा रहेकोमा यस वर्ष यस्तो घाटा निकै बढेको छ । चालू खाता घाटाले अन्य देशबाट खुद सापटी लिइएको र चालू खाता बचतले अन्य देशलाई खुद सापटी दिइएको भन्ने बुझिन्छ ।

    १० महिनाको अवधिमा शोधनान्तर स्थिति पनि ७ अर्ब ७५ करोडले मात्र बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १ खर्ब २० अर्ब ९० करोडले बचतमा रहेको थियो । गत वर्षको असार मसान्तमा १४ खर्ब १ अर्ब ८४ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ०।८ प्रतिशतले घटेर वैशाख मसान्तमा आइपुग्दा १३ खर्ब ९० अर्ब ८४ करोड कायम भएको छ । यसले मुलुकको वैदेशिक आयमा कमी हुन थालेको संकेत गर्छ । यो समाचार आजको राजधानी दैनिकमा छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij