
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । साताको दोस्रो दिन सोमबार (आज) नेपाली बजारमा सुनको मूल्य बढेको छ । आइतबार तोलामा २ सय रुपैयाले बढेको सुनको मूल्य आज पनि तोलामा २ सय रुपैयाले बढेको हो ।
आइतबार तोलाको ९४ हजार रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज पनि तोलामा २ सय रुपैयाले बढेर तोलाको ९४ हजार २ सय रुपैयामा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज तेजावी सुनको मूल्य पनि प्रतितोला ९३ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य पनि बढेर तोलाको १ हजार ३ सय ६० रुपैयामा नै कारोबार भइरहेको महासंघले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij