काठमाडौं । आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक भएसँगै अर्थमन्त्रालयले आज त्यसको समिक्षा गर्ने भएको छ । आज दिउँसो मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै बजेटको समिक्षा गर्न लागेको हो ।
स्वास्थ्य संवेदनशिलतालाई विशेष ध्यान दिदैं कार्यक्रममा क्यामरापर्सन, मल्टिमिडिया पत्रकार र फोटो पत्रकारलाई मात्र बोलाइएको छ । साथै,अन्य पत्रकारहरुलाई जुम मार्फत जोडिनको लागि मन्त्रालयले अनुरोध गरेको छ ।
पत्रकार सम्मेलन दिउँसो ३ बजेको लागि बोलाइएको छ ।