Logo

Apr 05 2025 | २०८१, चैत २३ गते

Apr 05 2025 | २०८१, चैत २३ गते

बजेट : शिक्षा क्षेत्रमा १ खर्ब ८० अर्ब ४ करोड

बजेट : शिक्षा क्षेत्रमा १ खर्ब ८० अर्ब ४ करोड

  • काठमाडौं । नेपाल सरकारले आगामी आर्थिक वर्षमा सबैभन्दा ठूलो बजेट शिक्षा क्षेत्रमा विनियोजन गरेको छ । आगामी आव २०७८/७९ शिक्षा क्षेत्रमा १ खर्ब ८० अर्ब ४ करोड बजेट विनियोजन गरिएको अर्थ मन्त्री विष्णु पौडेलले जानकारी दिए ।

    साथै, सरकारले विद्यार्थीहरुलाई ल्यापटप खरिदका लागि छुटको व्यवस्था गरेको छ । सरकारले वैकल्पिक शिक्षालाई प्रवर्धन गर्न उच्च शिक्षा र त्यो भन्दा माथि अध्ययन गर्ने विद्यार्थीहरुलाई ल्यापटक किन्न छुट दिन लागेको हो ।

    आर्थिक वर्ष २०७८/७९ को वार्षिक बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडलले ल्यापटप खरिदका लागि विद्यार्थीले ८० हजार ऋण १ प्रतिशत व्याजमा उपलब्ध गराउने समेत बताएका छन् । साथै १६ वर्ष उमेर माथिका विद्यार्थीहरुलाई १र१ थान सिम समेत उपलब्ध गराउन लागेको अर्थमन्त्री पौडेलले बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij