Logo

Jun 28 2026 | २०८३, असार १४ गते

Jun 28 2026 | २०८३, असार १४ गते

साल्ट ट्रेडिङ र खाद्य कम्पनीलाई सेवाको अवसर : गाडीमार्फत स्थानीयस्तरमै खाद्यान्न

साल्ट ट्रेडिङ र खाद्य कम्पनीलाई सेवाको अवसर : गाडीमार्फत स्थानीयस्तरमै खाद्यान्न

  • 'उपत्यकाका सबै स्थानीय वडाहरूमा समेत पुग्ने गरी साल्ट ट्रेडिंङ कर्पोरेशन लिमिटेडले सक्रिय भूमिका निभाउनेछ,' कर्पाेरेशनकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले अनलाइन पत्रिकालाई भन्नुभयो, 'दैनिक उपभोग्य वस्तुहरू मोवाइल भ्यान मार्फत बिक्रि बितरण गरिनेछ ।' 

    onlinepatrika
    Arghakhachi

    काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंको सूचना अनुसार साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड र खाद्य व्यापार कम्पनीबाट अत्यावश्यक खाद्य वस्तु मगाउन सकिने भएको छ । यही जेठ १४ गतेदेखि खाद्यान्न पसल समेत बन्द गर्ने गरी लागु भएको लकडाउनमा यस्तो व्यवस्था गरिएको हो । 

    AGNI GROUP

    'उपत्यकाका सबै स्थानीय वडाहरूमा समेत पुग्ने गरी साल्ट ट्रेडिंङ कर्पोरेशन लिमिटेडले सक्रिय भूमिका निभाउनेछ,' कर्पाेरेशनकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले अनलाइन पत्रिकालाई भन्नुभयो, 'दैनिक उपभोग्य वस्तुहरू मोवाइल भ्यान मार्फत बिक्रि बितरण गरिनेछ ।' 

    लकडाउनको समयावधि बढाउने निर्णयसँगै तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका नायब महाप्रबन्धक कुमार राजभण्डारी, खाद्य तथा व्यापार कम्पनी लिमिटेका विभागीय प्रमुख भिम थापा, राष्ट्रिय उपभोक्ता मन्चका अध्यक्ष प्रेमलाल महर्जन, नेपाल चेम्बर अफ कमर्शका देवेन्द्र भक्त श्रेष्ठ, थोक बिक्रेता संघका ॐ प्रकाश वंशललगायत सरकारी अधिकारीहरुको बैठक पश्चात् उक्त निर्णय लिइएको हो ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij