Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

शेयर बजार एतिहासिक रेकर्ड : एकैदिन १४ अर्ब, ७६ करोड बढीको कारोबार

शेयर बजार एतिहासिक रेकर्ड : एकैदिन १४ अर्ब, ७६ करोड बढीको कारोबार

  • काठमाडौं । नेपाली बजारमा बिहीवार (आज) शेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । बिहीवार आज एकैदिन १४ अर्ब, ७६ करोड, ८८ लाख, ८ हजार, ४ सय ९२ रुपैयाँको कारोबार भएको छ ।

    images
    images
    images

    बिहीवार शेयर बजारमा अत्याधिक कारोबार भए पनि शेयर बजार भने घटेको छ । आज १ दशमलव २० अंकले शेयर बजारमा गिरावट आएसँगै २ हजार ८ सय १५ दशमलव ३९ अंकमा रहेर बजार रोकिएको छ ।

    मंगलवार नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समिक्षा कार्यान्वयनका लागि निर्देशन जारी गर्दै शेयर कारोबारमा कडाई गरेको थियो । राष्ट्र बैंकको निर्देशन अनुसार लघुवित्त शेयर किन्न नपाउने भएका छन् । त्यस्तै अन्य कम्पनीहरुको शेयर खरिद गर्दा पनि कम्तिमा एक वर्ष होल्ड गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ । त्यसैको आधारमा शेयर बजारमा हलचल आएको बताइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij