Logo

Aug 21 2025 | २०८२, भदौ ५ गते

Aug 21 2025 | २०८२, भदौ ५ गते

यसकारणले हुन्छ श्रीमनश्रीमती बिच झगडा !

यसकारणले हुन्छ श्रीमनश्रीमती बिच झगडा !

  • श्रीमान र श्रीमतीको पनि हरेक कुरा आपसमा मिल्दैन । हुन त व्यवहारिक जीवन चलाउन उनीहरुले धेरै कुरामा सम्झौता गर्नुपर्ने हुन्छ । सवैको स्वभाव एवं प्रवृत्ति एकनास हुँदैन । एकअर्काको आनीबानी, प्रवृत्ति स्विकार्नुपर्ने हुन्छ । तर, कतिपय स्वभाव वा प्रवृत्तिलाई उनीहरुले सहजै पचाउन सक्दैनन् । कलह पैदा गर्नका लागि श्रीमान र श्रीमतीबीच त्यस्तै आनीबानी पनि निहुँ बन्छ ।

    images
    images
    images

    ति कुराहरु के के हुन् जान्नुहोस : 

    images

    अरुसँग तुलना गर्नु- मानिसको आ-आफ्नै जन्मजात स्वभाव हुन्छ । त्यसैले संसारका कोहि मान्छे, कसैसँग तुलना हुनै सक्दैन । तर, दम्पतीले एकअर्कासँग तुलना गरेर उनीहरुलाई कमजोर तुल्याइरहेका हुन्छन् । यसले उनीहरुको आत्मासम्मानमा ठेस पुग्छ । पार्टनरको यस्तो व्यवहारले उनीहरुलाई दुखी बनाउँछ ।

    आदेश दिने- पार्टनरमाथि आदेश लाद्ने वा कुनैपनि अह्राइ-खटाइ गर्ने प्रवृत्ति राम्रो होइन । किनभने पार्टनरको मुड सधै एकनास हुँदैन । कहिले काहीँ दिक्क लागिरहेको हुनसक्छ । झर्को लागिरहेको हुनसक्छ । कुनै शारीरिक वा मानसिक समस्या पनि हुनसक्छ । यस्तो अवस्थामा पार्टनरले आदेश लाद्नु उपयुक्त हुँदैन ।

    आफ्नै मर्जी अनुसार सबै काम गर्ने- पारिवारिक जीवनमा कुनैपनि काम आपसी सल्लाह, सुझावको आधारमा तय गरिनुपर्छ । तर, कतिपयको बानी के हुन्छ भने, जुनसुकै काम आफ्नो निर्णयमा गर्ने । अरुको सल्लाह उचित ठान्दैनन् । यस्तो व्यवहारले पनि पार्टनरको मनमा बिचलन ल्याउँछ । सानोतिनो कुरामा पनि यसको प्रत्यक्ष असर देखिन्छ ।

    images

    खुलेर कुरा नगर्ने- श्रीमान र श्रीमतीले एकअर्कासँग खुलेर कुरा गर्नुपर्छ । यदि कसैले आफ्नो कुरा लुकाउँछ वा गोपनियता अपनाउने चेष्टा गर्छ भने त्यसले दम्पतीबीचको सम्बन्धमा चिसोपन ल्याउँछ । विश्वासको कमी ल्याउँछ । त्यसैले दम्पतीले एकअर्कासँग खुलेर कुरा गर्नुपर्छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij