
Jun 15 2025 | २०८२, असार १ गते
घटनाको मुख्य अभियुक्त यादवले पाण्डेसँगको व्यक्तिगत दुस्मनीका कारण गोलीहानी हत्या गर्ने योजना बनाएको प्रहरी सामु बयान दिएका छन् ।
कपिलवस्तु । गत बुधबार राति गोली प्रहारबाट घाइते भएका नेकपा (माओवादी केन्द्र) कपिलवस्तुका जिल्ला नेता दिपक पाण्डेको निधन भएको छ ।उनको उपचारको क्रममा काठमाडौंमा निधन भएको हो ।
भैरहवा मेडिकल कलेजमा उपचाररत पाण्डेको स्वास्थ्य स्थिती जटिल बनेपछि सोमबार साँझ मात्रै थप उपचारका लागि काठमाडौं ल्याइएको थियो । पाण्डेलाई बुधबार राति कपिलवस्तु नगरपालिका वडा नं. ३ सडवाबाट तौलिहवा घरतर्फ जादै गरेको अवस्थामा पल्सर मोटरसाइकलमा सवार तीन जनाले गोली प्रहार गरेका थिए । गोली प्रहार गर्ने ओमप्रकाश यादव र साकिर अलि पाखियालाई प्रहरीले प्रक्राउ गरी सार्वजनिक गरिसकेको छ ।
घटनाको मुख्य अभियुक्त यादवले पाण्डेसँगको व्यक्तिगत दुस्मनीका कारण गोलीहानी हत्या गर्ने योजना बनाएको प्रहरी सामु बयान दिएका छन् ।
पाण्डेसँगै सवार अर्का भारतीय नागरिक ईयाज अख्तर मुसलमान पनि घाइते भएका थिए । उनको स्वास्थ्य अवस्था भने खतरामुक्त रहेको जनाइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij