Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

शेयर कारोबार रकममा ऐतिहासिक रेकर्ड !

शेयर कारोबार रकममा ऐतिहासिक रेकर्ड !

  • काठमाडौँ । सोमवार शेयर कारोबार रकमले ऐतिहासिक रेकर्ड कायम गरेको छ । यस दिन हालसम्मकै उच्च रू। १३ अर्ब १७ करोड ५३ लाख ५३ हजार बराबरको शेयर किनबेच भयो । यस दिन २ करोड ७१ लाख ४० हजार २०२ कित्ता शेयर कारोबार भएको थियो ।

    images
    images
    images

    जेठ ५ गते भएको सर्वाधिक रकमको रेकर्डलाई शेयर कारोबार रकमले सोमवार तोडेको हो । जेठ ५ गते रू। ११ अर्ब ९५ करोड ८० लाख ९७ हजार बराबरको शेयर किनबेच भएको थियो ।

    देशका अधिकांश जिल्लामा जारी निषेधाज्ञाका कारण लगानीका अन्य विकल्प नहुँदा अनलाइन मैत्री शेयरबजारमा लगानी बढिरहेको छ । सोमवार २१६ कम्पनीको १ लाख ३६ हजार ४९९ पटकको व्यापारमा हालसम्मकै सर्वाधिक रकमको शेयर कारोबार भएको हो ।

    कारोबार रकममा सर्वाधिक अंश यस दिन हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनीले ओगटेको छ । आइतवार शतप्रतिशत हकप्रद शेयर निष्कासनको अनुमति पाएको कम्पनीको शेयरप्रति सोमवार उच्च आकर्षण रहेको देखियो । यस दिन यस कम्पनीको रू १ अर्ब २६ करोड १९ लाख बराबरको शेयर कारोबार भयो । सर्वाधिक रकमको कारोबार भएको कम्पनीको शेयरमूल्य पनि ७ दशमलव १० प्रतिशत बढेको छ । यस दिन प्रतिकित्ता रू। ३९ ले बढेर कम्पनीको अन्तिम शेयरमूल्य रू. ५८८ कायम भयो । यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ । 

     

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij