
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । साताको दोस्रो दिन सोमवार (आज)शेयर बजारमा कारोबार रकमले नयाँ रेकर्ड बनाएको छ ।
आज ३.०५ अंकले बढेको शेयर बजारमा १३ अर्ब १७ करोड ५३ लाख ५३ हजार १८८ रुपैयाँ बराबरको कारोबार भएको छ । आज दिन २ करोड ७१ लख ४० हजार २०२ कित्ता शेयर किनबेच भएको छ । सोमवार बैंकिङ, हाइड्रोपावर,निर्जीवन बीमा कम्पनी, म्युचुअल फण्ड तथा लगानी लगायतका उपसमूहहरुको कारोबार बढेको छ भने बाँकी सबै उपसमूहहरुको कारोबार घटेको छ ।
सोमवार बरुण हाइड्रोपावर कम्पनी,युनाइटेड आइडिआइ हाइड्रोपावर कम्पनी,माउन्टेन हाइड्रोपावर कम्मपनी,ग्रीन डेभलपमेन्ट बैंक हाइड्रोइलेन्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्मपनी लगायतका कम्पनीहरुको कारोबार बढ्नुका साथै शेयर मूल्य पनि बढेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij