Logo

Jun 15 2025 | २०८२, असार १ गते

Jun 15 2025 | २०८२, असार १ गते

प्रधानमन्त्री र राष्ट्रपतिविरुद्ध आज रिट दायर गर्ने, विपक्षी दलहरु १० बजे सर्वोच्च जाँदै

प्रधानमन्त्री र राष्ट्रपतिविरुद्ध आज रिट दायर गर्ने, विपक्षी दलहरु १० बजे सर्वोच्च जाँदै

  • काठमाडौं । विपक्षी दलहरुले प्रधानमन्त्री र राष्ट्रपतिविरुद्ध आज (सोमवार) रिट दायर गर्ने भएका छन् । विपक्षी गठबन्धनले आज बिहान १० बजेपछि सर्वोच्च अदालतमा रिट दायर गर्न लागेको हो । रिटका सबै आवश्यक काजगाज आइतबार नै तयार गरेर विपक्षी गठबन्धनले आज रिट दायर गर्न लागेको नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले जानकारी दिए ।

    images
    images
    images

    नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह, जनता समाजवादी (जसपा)को डा. बाबुराम भट्टराई,उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चाका सांसद सर्वोच्च जान लागेका हुन् ।

    images

    शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि विपक्षीहरुले त्यसविरुद्ध रिट दायर गर्न लागेका हुन् । आइतबार सांसदहरुको हस्ताक्षर संकलन गरेर नभ्याइने भएपछि आज रिट दायर गर्न लागेका हुन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij