काठमाडौं - जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले मध्यावधि निर्वाचन घोषणा राष्ट्रपति र प्रधानमन्त्री को कुकर्म भएको बताएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गर्दै निर्वाचन घोषणा गरेपछि डा. भट्टराईले सामाजिक सञ्जालमार्फत यस्तो प्रतिक्रिया दिएका हुन् ।
उनले लेखेका छन् - भित्री/बाहिरी प्रतिगामी शक्तिहरूको षडयन्त्र/सेटिंगमा गत पुस५बाट जुन अलोकतान्त्रिक/असंवैधानिक/प्रतिक्रान्तिकारी हर्कत शुरू भएको थियो त्यसैको कडी हो यो ओली-विद्या कुकर्म! यो कुनै मध्यावधी चुनाव हैन संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान खारेजगर्ने प्रपंच हो।एकजुट होऊॅ;प्रतिवाद गरौं !