
Jun 15 2025 | २०८२, असार १ गते
काठमाडौं । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि गरेको आह्वानविरुद्ध सर्वोच्च अदालतमा १२ रिट परेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा वा विश्वासको मत लिने प्रकिया नगरि सरकार गठन गरिनु असंवैधानिक रहेको भन्दै कानूनव्यवसायीहरुले १२ वटा रिटहरु परेको हो ।
बिहीवार साँझ राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७६(५) बमोजिम नयाँ सरकार गठनको प्रक्रिया शुरु गर्न दलहरुलाई आह्वान गरेकी थिइन् । त्यसको विरुद्ध राष्ट्रपति कार्यालय, प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाई रिटहरु पेश भएका हुन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij