काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले धारा ७६ (५) को सरकार गठनको प्रक्रिया शुरु गर्न आफूले राजीनामा गर्न नपर्ने बताएका छन् ।
आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकलाई सम्बोधन गर्दै उनले धारा ७६ (५) को सरकार गठनको प्रक्रिया शुरु गर्न आफूले राजीनामा दिनुपर्ने संविधानमा व्यवस्था नभएको बताएका छन् । उनले प्रश्नसमेत गरेका छन् ‘राजीनामा दिनुपर्छ भनेर कहाँ लेख्या छ ?’
आफूले विश्वासको मत लिनुपर्ने संविधानमा व्यवस्था भए पनि आफूले लिन नचाहेको प्रधानमन्त्री ओलीले बताए । ‘मैले विश्वासको मत लिन आवश्यक ठानिन भने के गर्ने ? संविधानमा त छैन, संविधानमा छैन भने अर्को विकल्पमा जाने, विकल्प रोकिएको छैन’ उनले भने ।