
Jun 15 2025 | २०८२, असार १ गते
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का नेता गोकुल बाँस्कोटाले दुध ख्वाएर पालेका साँपले डसेको बताएका छन् । बिहिबार बागमती प्रदेश अन्तर्गत भएको राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनमा उम्मेदवार रामबहादुर थापा 'बादल' पराजित भएपछि नेता बाँस्कोटाले यस्तो प्रतिक्रिया दिएका हुन् । उनले सामाजिक सञ्जालमार्फत विपक्षीसँग कुनै गुनासो नभएको भन्दै यो समयको अन्त्य नभई नयाँ सुरुवात भएको बताएका छन् ।
"दुध ख्वाएर पालेका साँपले डसेका हुन।बिपक्षीसँग कुनै गुनासो छैन,समयको अन्त्य हैन नयाँ सुरुआत मात्र।" उनले भने" ।
बिहीबार बागमती प्रदेश अन्तर्गत भएको राष्ट्रिय सभा सदस्यको एक सिटका लागि भएको उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार डा. खिमलाल देवकोटा विजयी भएका छन् ।
राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका डा. देवकोटाले ५०८८ मतभार पाएर बादललाई हराएका हुन् भने देवकोटा निर्वाचित हुन निर्णायक मानिएको एमालेकै माधवकुमार नेपाल समूहको मत पाएका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij