Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

६.३७ अंकले बढेको नेप्सेमा ९ अर्ब माथिको कारोबार, आठ कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि

६.३७ अंकले बढेको नेप्सेमा ९ अर्ब माथिको कारोबार, आठ कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि

  • काठमाडौं - कारोबारबको अन्तिम दिन (बिहीवार) नेप्से परिसूचक ६.३७ अंकले बढेर २७८७.१८ विन्दुमा पुगेर बन्द भएको छ ।

    images
    images
    images

    बिहीवार कारोबारको अन्तिम समयसम्म कारोबारमा आएका २१४ ओटा कम्पनीको  २ करोड १ लाख ३३ हजार ६०२ कित्ता शेयर १ लाख ६ हजार ३९९ पटक किन बेच हुदाँ रू. ९ अर्ब ३० करोड ५२ लाख २२ हजार बराबरको शेयर कारोबार भएको छ ।

    आज नेपाल पुनर्बीमा कम्पनीले सार्वधिक कारोबार गरेको छ । यस कम्पनीको रु. ३४ करोड ७० लाख ४१ हजार बराबरको शेयर कारोबार भएको हो । 

    सामान्य अंकले बढेको बजारमा बिहीवार आठ ओटा कम्पनीको शेयरमूल्य उच्च दरमा बढेको छ । यस दिन गुडवील फाइनान्स र मञ्जुश्री फाइनान्सको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने समता घरेलु लघुवित्तको ९.९६ प्रतिशत, गोर्खाज फाइनान्सको ९.८८ प्रतिशत, युनाइटेड इदी मर्दीको ९.८७ प्रतिशतले बढेको छ । 

    त्यसैगरी जानकी फाइनान्स ९.७७ प्रतिशत, गुहेश्वरी मर्चेण्ट बैंक एण्ड फाइनान्सको ९.४५ प्रतिशत र मितेरी डेभलपमेण्ट बैंकको शेयरमूल्य ९.३५ प्रतिशतले बढेको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij