Logo

Jun 15 2025 | २०८२, असार १ गते

Jun 15 2025 | २०८२, असार १ गते

यी हुन् मतदानमा अनुपस्थित हुने १० जनप्रतिनिधि

यी हुन् मतदानमा अनुपस्थित हुने १० जनप्रतिनिधि

  • काठमाडौं । राष्ट्रियसभा उपनिर्वाचन अन्तर्गत बागमती प्रदेशमा बिहीबार भएको मतदानमा १० जना मतदाता अनुपस्थित भएका छन् । उपनिर्वाचनमा बागमती प्रदेशका कुल मतदाता ३४७ मध्ये १० जना अनुपस्थित रहेको निर्वाचन कार्यालयले जनाएको छ । प्रदेशसभाका १०९ र स्थानीय तहका २३८ गरी ३४७ जना मतदातामध्ये ३३७ जनाले मात्रै मतदान गरेका हुन् ।

    images
    images
    images

    अनुपस्थित रहनेमा ४ प्रदेशसभा सदस्य र ६ स्थानीय तहका प्रतिनिधि छन् । अनुपस्थित ४ प्रदेशसभा सदस्यमा विवेकशील साझाका तीनजना हुन् । सो पार्टीले मतदानमा सहभागी नहुने संस्थागत निर्णय गरेको थियो । यस्तै प्रदेशसभा सदस्य हिमाली गोले पनि अनुपस्थित रहिन् । उनी नेकपा माओवादी केन्द्रकी हुन् ।

    images

    स्थानीय तहतर्फबाट हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पा र उपाध्यक्ष कोपिला पण्डित अनुपस्थित रहे । उनीहरु काँग्रेसका हुन् । यस्तै,भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापति अनुपस्थित रहे । उनी नेमकिपाका हुन् ।

     

     

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij