
Jun 15 2025 | २०८२, असार १ गते
काठमाडौं । वाग्मती प्रदेशअन्तर्गत राष्ट्रियसभामा रिक्त सदस्य पदका लागि बिहीबार हेटौँडाको भुटनदेवी माविमा भएको निर्वाचनमा ३३८ जनाले मतदान गरेको सहायक मतदान अधिकृत गोविन्दप्रसाद पौडेलले जानकारी दिए ।
जसमा प्रदेशसभाका १०५ र स्थानीय तहका गाउँपालिका अध्यक्ष, उपाध्याक्ष, नगरपालिकाका प्रमुख, उपप्रमुख २३३ जनाले मतदान गरेको उनले बताए । जसमा २५ जना कोरोना संक्रमित मतदाताले मतदान गरेका छन् ।
वाग्मतीमा प्रदेशसभातर्फ ११० र स्थानीयतर्फ २३८ गरी ३४८ मतदाता थिए । आजको निर्वाचनमा प्रदेशका चार र स्थानीय तहका पाँचजना मतदाता अनुपस्थित भएका छन् ।
नेकपा ९एमाले०का तर्फबाट गृहमन्त्री रामबहादुर थापा ‘बादल’, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपाको तर्फबाट डा. खिमलाल देवकोटा र नेपाल मजदुर किसान पार्टी (नेमकिपा)बाट कृष्णबहादुर तामाङ उमेदवार रहेका छन् । बादल र खिमलालबीच मुख्य प्रतिष्पर्धा रहेको छ।
मतदानको नतिजा आजै भर्चुअल माध्यमबाट सार्वजनिक गर्ने तयारी रहेको रहेको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij