Logo

Jun 15 2025 | २०८२, असार १ गते

Jun 15 2025 | २०८२, असार १ गते

निर्वाचन आयोगमा प्रधानमन्त्री र शिक्षामन्त्रीविरुद्ध कांग्रेसको उजुरी

निर्वाचन आयोगमा प्रधानमन्त्री र शिक्षामन्त्रीविरुद्ध कांग्रेसको उजुरी

  • काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठविरुद्ध कारबाहीको माग गर्दै उजुरी दिएको छ । 

    images
    images
    images

    बागमती प्रदेशअन्तर्गतको राष्ट्रिय सभा सदस्य निर्वाचनको मौन अवधि सुरु भइसकेपछि मत मागेको भन्दै कांग्रेसले प्रधानमन्त्री ओली र शिक्षामन्त्री श्रेष्ठविरुद्ध निर्वाचन आयोगमा उजुरी दिएको हो । 

    images

    निर्वाचन आयोगमा दर्ता गराएको उजुरीमा कांग्रेस संसदीय दलको बैठकको निर्णय उल्लेख गर्दै भनिएको छ, ‘निर्वाचन आयोगले निर्वाचन आचार संहिता, २०७२ को दफा ५ घ (३) र (५) र दफा (६) विपरीत कार्य गर्ने जो कोहीलाई कारवाही गर्न यो बैठक जोडदार माग गर्दछ ।’ 

    बागमती प्रदेश अन्तर्गतको राष्ट्रिय सभा सदस्यको लागि बिहीबार(आज) मतदान भइरहेको छ । 

    ujuri pm.jpg

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij