
Jun 15 2025 | २०८२, असार १ गते
काठमाडौं । राष्ट्रियसभा सदस्य पदका लागि बागमती प्रदेशस्तरीय उपनिर्वाचन अन्तर्गत मतदान सुरु भएको छ । राष्ट्रियसभा सदस्यको रिक्त एक पदका लागि रामबहादुर थापा ‘बादल’, डा.खिमलाल देवकोटा र कृष्णबहादुर तामाङ उम्मेदवार छन् ।
तस्वीर : रातोपाटी
बादल एमालेका उम्मेदवार हुन् भने देवकोटा एमालेकै खनाल–नेपाल पक्षसहित काँग्रेस, माओवादी केन्द्रसहितका दलका साझा उम्मेदवार हुन् । तामाङले नेपाल मजदुर किसान पार्टीबाट उम्मेदवारी दिएका छन् । प्रदेशसभा सदस्य, स्थानीय तहका प्रतिनिधि र कोभिड संक्रमित मतदाताका लागि छुट्टाछुट्टै मतदानको व्यवस्था मिलाइएको छ ।
तस्वीर : रातोपाटी
हेटौँडाको भुटनदेवी माविमा रहेको मतदानस्थलमा गृहमन्त्री तथा राष्ट्रियसभा उम्मेदवार बादल पुगिसकेका छन् । भने दिउँसो ३ बजेसम्म मतदान गर्ने समय रहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij