काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले देश गम्भीर संकटमा फस्दै गएको बताएका छन् । मंगलबार सामाजिक सञ्जालमार्फत डा. भट्टराईले सो कुरा बताएका हुन् । उनले कोरोना महामारी र अन्त्य हीन राजनीतिक गतिरोधले देश संकटमा फस्ने बताएका छन् ।
उनले भने - 'देश गम्भीर संकटमा फस्दैछ।एकातिर कोरोना महामारी,अर्कोतिर अन्त्यहीन राजनीतिक गतिरोध'
संविधानका स्तम्भ एकएक गरी ढल्दै गएको भन्दै डा भट्टराईले भने - 'न ओली सरकारले नीति वा कार्यक्रम र बजेट पास गर्न सक्छ । न बैकल्पिक सरकार बन्न । संविधानका स्तम्भ एकएक गरी ढल्दैछन्'
उनले भनेका छन् - देश गम्भीर संकटमा फस्दैछ।एकातिर कोरोना महामारी,अर्कोतिर अन्त्यहीन राजनीतिक गतिरोध! न ओली सरकारले नीति/कार्यक्रम र बजेट पास गर्न सक्छ; न बैकल्पिक सरकार बन्न!संविधानका स्तम्भ एकएक गरी ढल्दैछन्!सबै पार्टी/नेता निरीह!सर्पको मुखका भ्यागुता! अनि राष्ट्रिय एकताको कुरा गर्नु अपराध हुन्छ?