
Jun 15 2025 | २०८२, असार १ गते
काठमाडौं । काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले निषेधाज्ञाको पूर्ण रुपमा पालना भएको बताएका छन् । सोमवार निषेधाज्ञाको अनुगमन गर्न नागढुंगा नाकामा पुगेका प्रमुख जिल्ला अधिकारी पराजुलीले निषेधाज्ञाको पूर्ण पालना भएको र चेकचाँजलाई पनि कडा बनाईएको बताएका हुन् ।
अत्यावश्यक बाहेकका कुनैपनि सवारी साधन नचलेको उनले दाबी गरे । उनले भने(‘नियमित रुपमा निषेधाज्ञाको प्रभावकारी कार्यान्वयनका लागि अनुगमन गरिरहेका छौँ । हामीले विभिन्न कामको चेक गर्दै अहिले नागढुंगा नाकामा आइसकेका छौँ । अत्यावश्यक गाडी बाहेक अरु कुनैपनि चलेको अवस्था छैन ।
निषेधाज्ञाको पूर्ण रुपमा कार्यान्वयन भएको छ । चेक जाँचलाई कडा बनाइएको छ । त्यस्तै, हामीले नेपाल प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी, राष्ट्रिय अनुसन्धान, नेपाली सेना सबैको संयोजनमा प्रभावकारी रुपमा नै कार्यसम्पादन गरेको अवस्था छ । नेपाल प्रहरीले मास्क नलगाउने व्यक्तिलाई ६ लाख जरिवाना गरिसकेको छ । अहिलेसम्म ३० हजार गाडीहरु होल्डिङमा परेको अवस्था छ ।’
पराजुलीले नेपाल प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी, राष्ट्रिय अनुसन्धान र नेपाली सेनाको संयुक्त संयोजनमा प्रभावकारी रुपमा कार्यसम्पादन भएको पनि बताए ।
नेपाल प्रहरीले मास्क नलगाउने व्यक्तिहरुलाई कारवाही गरी ६ लाख रुपैयाँ जरिवाना गरिसकेको तथा निषेधाज्ञाको उल्लंघन गर्ने ३० हजार सवारी साधनलाई हालसम्म होल्डिङमा राखिएको पनि जानकारी दिए । प्रमुख जिल्ला अधिकारी पराजुलीले विभिन्न चेक पोइन्टहरुमा अनुगमनलाई तिव्रता दिइएको बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij