

Jun 15 2025 | २०८२, असार १ गते
शपथ बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा ४ वटा रिट निवेदन दर्ता भएका हुन् ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिसमक्ष लिएको पद तथा गोपनीयताको शपथविरूद्ध ४ वटा रिट निवेदन परेका छन् । उक्त शपथ बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा ४ वटा रिट निवेदन दर्ता भएका हुन् ।
प्रधानमन्त्री ओलीले लिएको शपथ असंवैधानिक भएको भन्दै आइतबार अधिवक्ता चन्द्रकान्त ज्ञवाली र अधिवक्ता सन्तोष भण्डारीले रिट दर्ता गराएका छन् । सोमबार अधिवक्ता राजकुमार सुवाल र अधिवक्ता नवराज अधिकारीसमेतले सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट दर्ता गराएका हुन् ।
शुक्रवार भएको प्रधानमन्त्री ओलीसहित मन्त्रीहरुको सपथ ग्रहण असंवैधानिक रहेको भन्दै अधिवक्ता राजकुमार सुवालले दायर गरेको रिटमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई विपक्षी बनाइएको छ । तर, सर्वोच्च अदालत प्रशासनले राष्ट्रपतिको नाम काट्दै राष्ट्रपति कार्यालयलाई विपक्षी बनाएको छ ।
रिट निवेदकले प्रधानमन्त्री, उपप्रधानमन्त्रीसहित मन्त्रीहरुको सपथ बदरको मागसहित हालेको रिटमा मंगलवार (भोलिदेखि) सुनुवाई हुने भएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij