Logo

Jun 15 2025 | २०८२, असार १ गते

Jun 15 2025 | २०८२, असार १ गते

एमाले नेता तथा साहित्यकार खत्रीको निधन

एमाले नेता तथा साहित्यकार खत्रीको निधन

  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता तथा साहित्यकार गणेशबहादुर खत्रीको आज ८६ वर्षका उमेरमा निधन भएको छ । सूर्यविनायक नगरपालिका वडा नं-९ नंखेल स्थायी घर भई केही वर्षदेखि काठमाडौं, बानेश्वर बस्दै आएका खत्रीको आज बिहान एभरेष्ट नर्सिङ होममा उपचारका क्रममा निधन भएको एमाले भक्तपुरका अध्यक्ष वचन देउजाले जानकारी दिए ।

    images
    images
    images

    राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजनीति शुरु गर्दै तत्कालीन जिल्ला विकास समितिका सभापति भएका खत्री २० वर्षदेखि एमालेमा रहँदै आएका थिए । उनले एमालेबाट भक्तपुर क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिए पनि पराजित भएका थिए ।

    images

    विसं १९९२ जेठ १० गते नखेल, शान्तिगाउँमा जन्मिएका खत्री साहित्य र समाजसेवामा पनि सक्रिय थिए । भक्तपुरमा साहित्य मन्दिरको स्थापनादेखि सडक, पुलको निर्माण एवं विद्यालय स्थापनामा उनले योगदान दिएका छन् ।

    भक्तपुरबाट १८ वर्षदेखि प्रकाशन हुँदै आएको ‘समय समाज’ साप्ताहिकका संस्थापक अध्यक्ष खत्रीले पत्रकारिता क्षेत्रमा पनि योगदान पुर्‍याएका पत्रिकाका अध्यक्ष बालमुकुन्द सुवालले बताए ।

    जनजागरण निबन्धसंग्रह, रोगको घर, बारुलो र माहुरी, (बालकथासंग्रह र किशोर निबन्धसंग्रह), ए बाउ घर छोडी जाऊ (गीतिकवितासंग्रह), हामी अब गर्छौँ (लघुकाव्य), परिवर्तित पाइला(नाटक), खुलाल खत्रीको खोज(अनुसन्धानात्मक पुस्तक)लगायत महाकाव्य, कथा, बालगीत, नाटकलगायत उनका विभिन्न विधाका १४ कृति प्रकाशित छन् ।

    images

    सामाजिक विकृति र विसंगतिविरुद्ध साहित्यमार्फत कलम चलाउँदै आएका खत्रीलाई साहित्यमा पुर्‍याएको योगदानको कदर गर्दै विभिन्न संस्थाले सम्मानसमेत गरेका थिए । उनका चार छोरा र तीन छोरी छन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij