Logo

Jun 15 2025 | २०८२, असार १ गते

Jun 15 2025 | २०८२, असार १ गते

कर्णाली सरकारको मन्त्रिपरिषद् पुनर्गठन, कसलाई कुन मन्त्रालय ?

कर्णाली सरकारको मन्त्रिपरिषद् पुनर्गठन, कसलाई कुन मन्त्रालय ?

  • कर्णाली । कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठन भएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका सिफारिशमा प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन गरेका हुन् । 

    images
    images
    images

    प्रदेश प्रमुख कलौनीले मुख्यमन्त्री शाहीका नेतृत्वमा छ सदस्यीय मन्त्रिपरिषद् पुनर्गठन  गरेका छन् । श्री नन्दसिंह बुढालाई उद्योग, पर्यटन, वन तथा वातावरण, अम्मरबहादुर थापालाई भौतिक पूर्वाधार तथा शहरी विकास, कुर्मराज शाहीलाई भूमिव्यवस्था, कृषि तथा सहकारी, सीताकुमारी नेपालीलाई आन्तरिक मामिला, कानून, युवा तथा खेलकूद  र गोपाल शर्मालाई आर्थिक मामिला तथा योजना मन्त्रालय दिइएको छ ।

    images

    यसैबीच प्रदेश प्रमुख कलौनीसँग  आइतबार भएको भेटमा मुख्यमन्त्रीले प्रदेश प्रमुखलाई प्रदेश सरकारले कोरोना महामारीको रोकथाम र नियन्त्रणका लागि चालेका थप कदमबारे तथा प्रदेश अस्पतालमा ’डेडिकेटेड कोरोना उपचार संयन्त्र’ को व्यवस्था गरी प्रदेशलाई पर्याप्त हुने गरी अक्सिजन उत्पादनका काममा  सरकार लागिसकेको जानकारी दिए । 

     प्रदेश प्रमुख कलौनीले जनताको जीवनरक्षाको कामलाई सबैभन्दा बढी प्राथमिकता दिएर काम गर्न र अपुग अक्सिजनको तत्काल व्यवस्था गर्न सुझाव दिए ।  उनीहरुबीच प्रदेश अस्पतालको वर्तमान क्षमता र अवस्थाबारे पनि छलफल भएको थियो । रासस

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij