Logo

Jun 28 2026 | २०८३, असार १४ गते

Jun 28 2026 | २०८३, असार १४ गते

कमाल गर्दै साल्ट ट्रेडिङ कर्पोरेशन

कमाल गर्दै साल्ट ट्रेडिङ कर्पोरेशन

८ अर्ब २५ करोडको कारोबार, कुल मुनाफा ७३ करोड १४ लाख

  • काठमाडौं । साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडको ५३ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कर्पोरेशनले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउँदै सामाजिक दुरी कायम राख्दै साधारणसभा सम्पन्न गरेको हो । कर्पोरेशनका अधिकांश सेयर सदस्यहरु जुम मार्फत साधारण सभामा सहभागी भएका थिए । कर्पोरेशनको कम्पनी ऐन २०६३ को अधिनमा रही तयार पारिएको ५३ औं वार्षिक प्रतिवेदनका साथै २०७६ साल आषाढ मसान्तसम्मको कर्पोरेशनको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा कर्पोरेशनले गरेको विभिन्न कृयाकलापहरुको बारेमा छलफल एवं समिक्षागरि आगामी दिनहरुमा अझ बढी प्रभावकारी ढंगले अगाडी बढन मार्गदर्शनका साथ वार्षिक प्रतिवेदनलाई अनुमोदन गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    कर्पोरेशनको प्रस्तुत वर्षको कारोबारलाई तुलनात्मक रुपमा मूल्याङ्कन गर्दा नून, रासायनिक मल, लगायत व्यापारिक कारोबार संतोषजनक रहेको र विभिन्न क्षेत्रको लगानी उपलब्धीमूलक रहेको छ । कर्पोरेशनले गुणस्तरीय वस्तुहरुको कारोबारगरि आम उपभोक्तालाई खाद्यवस्तु, रासायनिक मल तथा अन्य वस्तुहरुको सरल र सहज आपूर्तिगरि सामाजिक उत्तरदायित्व वहन गर्दै ८ अर्ब २५ करोडको कारोबार गर्न सफल भएको छ । उक्त कारोबारबाट कर्पोरेशनले आ.व. २०७५.०७६ मा कुल मुनाफा ७३ करोड १४ लाख आर्जन गर्न सफल भएको छ ।

    AGNI GROUP

    कर्पोरेशनले अंगालेको व्यापार विविधिकरणको नीति अनुरुप कर्पोरेशनको चुक्ता पूंजीको आवश्यकतालाई दृष्टिगत गरी यस वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १० प्रतिशत नगद लाभांश वापत १,५३,५७,५८० र ३,८३,९३,९५० बराबरको २५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्तावलाई स्विकृत गरेको छ ।
    कठिन परिस्थितिमा पनि कर्पोरेशनले विश्वसनीय र गुणस्तरीय सेवा पु¥याउदै आफ्नो कारोेवारमा सकारात्मक सुधार सहित अगाडि बढेको कर्पोरेशनका अध्यक्ष लक्ष्मीदास मानन्धरले बताए । लकडाउनमा समेत कर्पोरेशनले अत्यावश्यक वस्तुको आपूर्ति सहज रुपमा होस भन्ने हेतुले आफना बिक्री कक्षहरु मार्फत र डेलिभरि भ्यान मार्फत टोल टोलमा एसटीसिको नारासहित आम उपभोक्ताको घरदैलोसम्म सेवा पुयाउँदै आएको कर्पोरेशनकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले बताईन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij