Logo

Jun 15 2025 | २०८२, असार १ गते

Jun 15 2025 | २०८२, असार १ गते

ओली–नेपालबीचको वार्ता सकियो, के भयो निर्णय ?

ओली–नेपालबीचको वार्ता सकियो, के भयो निर्णय ?

  • काठमाडौं । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच वार्ता भएको छ । पार्टीभित्रको विवाद समाधान गर्ने विषयमा अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच भेटवार्ता भएको हो  ।

    images
    images
    images

    आइतबार दिउँसो दुई नेताबीचको वार्ता विवाद समाधान गर्न गठन गरिने भनिएको कार्यदलका सदस्यहरुको टुंगो लगाउन भएको बताइएको छ । यसबारे सहमति जुटे नजुटेको बारे नेताहरुले प्रतिक्रिया बने दिइएको छैनन् । 

    images

    गत शुक्रबार सिंहदरबारमा भएको छलफलले जेठ २ लाई आधार बनाएर पार्टीभित्रका समस्या समाधान गर्ने र त्यसका लागि दुई नेतालाई कार्यदलमा रहने सदस्यहरुको टुंगो लगाउने जिम्मा दिएको थियो । माधव नेपाल समूहबाट कार्यदलमा रहने व्यक्ति लगभग टुंगो लागेपनि ओलीका तर्फबाट विष्णु पौडेल, सुवास नेम्वाङ र शंकर पोख्रेलबाहेक अन्यको टुंगो लाग्न बाँकी रहेको थियो।


    नेपाल पक्षबाट भने कार्यदलमा भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र रघुजी पन्त रहने यसअघि नै टुंगो लागेको थियो । 
     

     

    images

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij