Jun 28 2026 | २०८३, असार १४ गते
काठमाडौं ।
मुलुकमा बढदो कोभिड १९ को संक्रमण रोकथाम तथा नियन्त्रण गरी आम सर्वसाधारणको जीवन रक्षामा सहयोग पुर्याउने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासंघमा कोभिड १९ सहायता केन्द्रको स्थापना गरिएको छ । महासंघका पदाधिकारी र सम्वद्ध अधिकारीहरूको हालै बसेको बैठकले उक्त सहायता केन्द्र स्थापना गर्ने निर्णय गरेको हो । उक्त केन्द्रको समन्वय महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले गर्नु भएको छ । कोभिड १९ सहायता केन्द्रलाई प्रभावकारी रूपमा अगाडि बढाउन निम्नानुसार जिम्मेवारी बाँडफाँड समेत गरिएको छ ।
क्र.सं सहायता हुने अत्यावश्यक क्षेत्रहरू सम्पर्क व्यक्ति
१। अक्सिजन सिलिण्डर व्यवस्थापन रामचन्द्र संघई, शौरभ ज्योति
२। अस्पतालरआइशोलेशन केन्द्र सहजीकरण हेमराज ढकाल, रविन श्रेष्ठ
३। अस्पताल व्यवस्थापन ई. देशबन्धु बस्नेत (अजित), बाबुकाजी कार्की, डा. केयुर गौतम
४। एम्वुलेन्सरआइशोलेशन केन्द्र रन्जितराज आचार्य
५। औषधिरमेडिकल उपकरण प्रवलजंग पाण्डे, भक्त हमाल
६। होटलरहवाई यातायात ज्योत्सना श्रेष्ठ, विनायक शाह, विनोद सापकोटा
सहायता केन्द्रबाट सेवा लिन महासंघ सचिवालयका सम्पर्क अधिकृतद्धय हरि पौड्याल ९९८०१०९६८१२० र रिंकु घिमिरे ९९८०११९२५९१० लाई टेलिफोन वा एसएमएस मार्फत सम्पर्क गरि आफूलाई आवश्यक सेवा टिपाउन सकिने महासंघले जनाएको छ।
महासंघका केन्द्रिय सदस्य मीनमान श्रेष्ठले भने, ‘कोही कसैलाई केही सहयोग चाहिएमा महासंघका सम्पर्क पदाधिकारी वा मलाई निर्धक्क सम्पर्क गर्न सक्नुहुन्छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij