
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं। साताको अन्तिम दिन शुक्रबार आज नेपाली बजारमा सुनको मूल्यमा स्थिरता आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार गत बिहीबारकै मूल्य कायम हुँदै सुन प्रति तोला ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको हो । त्यस्तै आज तेजाबी सुनको मूल्य पनि गत बिहीबारकै प्रति तोला ९१ ह्जार १०० रुपैयाँ कायम भएको छ ।
त्यस्तै,चाँदीको मूल्यमा भने शुक्रबार सामान्य गिरावट आएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार गत बिहीबारको तुलनामा प्रति तोला ५ रुपैयाँले गिरावट आउदै आज चाँदी एक हजार ३३० रुपैयाँ कायम भएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij