Logo

Jun 28 2026 | २०८३, असार १४ गते

Jun 28 2026 | २०८३, असार १४ गते

प्राइम कमर्सियल बैंकमा आगलागी हुँदा ४० लाखको क्षति

प्राइम कमर्सियल बैंकमा आगलागी हुँदा ४० लाखको क्षति

  • काठमाडौं । भरतपुर महानगरपालिका–१०  चौबीसकोठीमा रहेको प्राइम कमर्सियल बैंकमा आगलागी हुँदा रु ४० लाख हाराहारीको क्षति भएको छ । 

    onlinepatrika
    Arghakhachi

    सोमबार साँझ एक्कासि आगलागी हुँदा अनुमानित रु ४० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको हो ।

    AGNI GROUP

    कार्यालयका अनुसार आगलागीबाट बैंकको १० थान कम्प्युटर, १० थान विभिन्न किसिमका प्रिन्टर, दुई थान फोटोकपी मेसिन, टेलिफोन सेट, पैसा गन्ती गर्ने मेसिन, दुई थान एसीमेसिन, स्टेटमेन्ट प्रिन्टर मेसिन, टोकन मेसिन, स्क्यानर मेसिन, पङ्खा, हाजिर गर्ने मेसिन र फेकनट डिटेक्टर मेसिन जलेर नष्ट भएको छ ।

    यस्तै सिसीक्यामेरा, काउण्टरमा राखिएको डिस्प्ले, बिजुलीको मिटर, कुर्सी, टेबुल, फाइल ७थभलसयाक, स्टोर ७थभलसयाक  क्षति भएको प्रहरीले जनाएको छ । आगलागीबाट आन्तरिक सजावट, एयरकण्डिशन, वाइरिङलगायत पनि पूर्णरूपमा क्षति भएको छ । बैंकमा सोमबार साँझ ५ बजे एक्कासि आगलागी भएको थियो ।

    नेपाल प्रहरी, सेनाको कालीबहादुर गण भरतपुर, भरतपुर महानगरपालिकाको दमकलको सहयोगमा आगो साँझ अबेर नियन्त्रणमा आएको थियो । विद्युत् चुहावट भएर आगलागी भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
     



    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij