Jun 28 2026 | २०८३, असार १४ गते
काठमाडौं । केही दिनको गिरावटपछि सेयर बजार सुधारिने क्रममा ५६ दशमलब ७२ अंकले बढेको हो। बजार सुधारिने क्रममा नेप्से सूचक अहिलेसम्मकै सर्वाधिक २०६५ दशमलब १७ अंक कायम भएको छ।
सूचिकृत कम्पनीमध्ये २०२ वटाको कारोबार हुँदा १२७ वटाको मूल्य बढेको थियो भने ३७ वटाको मूल्य घटेको छ। १५ वटा कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले सुधार भएको छ। सोमबार बीमा कम्पनीको सेयर मूल्यमा अत्यधिक सुधार भएको छ। दोस्रो बजारमा सोमबार ७ अर्ब २० करोड रुपैयाँको कारोबार भएको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij