Jun 28 2026 | २०८३, असार १४ गते
काठमाडौं । साताको अन्तिम दिन (आज)शुक्रबार नेपाली बजारमा सुनको मूल्य एकहजार एक सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत बिहिबार प्रति तोला ९० हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य शुक्रबार एक हजार एक सय रुपैयाँले घटेर ८९ हजार ९०० रुपैयाँ कायम भएको हो । त्यस्तै, तेजाबी सुनको मूल्य शुक्रबार प्रति तोला ८९ हजार ४५० रुपैयाँ कायम भएको छ ।
त्यस्तै, शुक्रबार नेपाली बजारमा चाँदी प्रति तोला २० रुपैयाँले घटेर एक हजार २९५ रुपैयाँ कायम भएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij