
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । साताको चौँथो दिन बुधवार (आज) सुनचाँदीको मूल्य घटेको छ । मंगलवार प्रतितोला छापावाला सुनको मूल्य ९१ हजार २ सय रहेको थियो,भने आज सुनको मूल्य तोलामा ७ सयले घटेर प्रतितोला ९० हजार ५ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, आज तेजावी सुुनको मूल्य ९० हजार कायम भएको छ ।
महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले गिरावट आएको छ । मंगलवार चाँदीको मूल्य १३ सय १५ रहेको थियो भने आज मूल्यमा कमि आइ प्रतितोला चाँदी १३ सय ५ कायम भइ कारोबार भइरहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij