
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । नेपाली बजारमा बुधवार (आज) सुनको मूल्य तोलामा ४ सयले गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलवार तोलामा ८६ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन बुधवार घटेर तोलामा ८५ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन तोलामा ८५ हजार १५० रुपैयाँमा कारोबार भएको छ ।
यसैबीच बुधवार चाँदीको मूल्यमा पनि गिरावट आएको छ । मंगलवार तोलामा १२ सय १५ रुपैयाँमा कारोबार भएको चाँदी बुधवार घटेर तोलामा ११ सय ९५ रुपैयाँ कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij