Logo

Jun 28 2026 | २०८३, असार १४ गते

Jun 28 2026 | २०८३, असार १४ गते

आठ महिनामा एक तिहाइमात्र बजेट खर्च, राजस्व असुली आधा

आठ महिनामा एक तिहाइमात्र बजेट खर्च, राजस्व असुली आधा

  • आर्थिक वर्ष ०७७-०७८ को वार्षिक लक्ष्यको तुलनामा आठ महिनामा एक तिहाइमात्र बजेट खर्च भएको छ भने राजस्व असुली पनि ६० प्रतिशतको आधामात्र भएको छ । अर्थ मन्त्रालयमा आयोजित आर्थिक वर्षको दोश्रो चौमासिक प्रगति समीक्षा एवं मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा भएको छलफलका अनुसार चालू आर्थिक वर्षको कूल १४ खर्ब ७४ अर्ब ६४ करोड बजेटमध्ये आठ महिनामा ५ खर्ब ७१ ऋर्ब २८ करोड अर्थात् ३८.७४ प्रतिशतमात्र खर्च भएको छ । कुल खर्चमध्ये चालूतर्फ ४८.१८ प्रतिशत छ भने पुँजीगततर्फ २२.४४ र वित्तीयतर्फ २०.५९ प्रतिशतमात्र खर्च भएको अर्थ मन्त्रालयले जनाएको छ । स्वयं अर्थ मन्त्रालयको पनि कुल खर्च २७.१८ प्रतिशतमात्र छ । अर्थ मन्त्रालयमा ३४ अर्ब ९४ करोड बजेट रहेकोमा चालू खर्च ३२.४६ प्रतिशत र पुँजीगत खर्च १३.३१ प्रतिशतमात्र छ । एकातिर मन्त्रालयहरु खर्च गर्न सकिरहेका छैनन् भने अर्कोतिर आगामी आर्थिक वर्षको बजेट सिलिङ कम भएको गुनासो गर्दैछन् ।

    onlinepatrika
    Arghakhachi

    अर्थ मन्त्रालयका प्रवक्ता सुमन दाहालले प्रस्तुत गरेको आर्थिक वर्षको दोस्रो दोश्रो चौमासिक प्रगति समीक्षा र चुनौतीहरुसम्बन्धी प्रस्तुतीकरण अनुसार, फागुन मसान्तसम्ममा ६ खर्ब ३ अर्ब ९२ करोड रुपैयाँ अर्थात् लक्ष्यको ५९.६९ प्रतिशत राजस्व असुली भएको छ । आर्थिक वर्ष २०७७÷७८ मा १० खर्ब ११ अर्ब रुपैयाँ राजस्व असुल्ने लक्ष्य राखिएकोमा ११ चैत्रसम्म ६ खर्ब ४१ अर्ब राजस्व असुली भएको छ । अर्थ मन्त्रालयका अनुसार, आठ महिनामा १ खर्ब ६९ अर्ब ३१ करोड ऋण र १८ अर्ब १२ करोड अनुदान सहायता प्राप्त गर्नेसम्बन्धी सम्झौता भएको छ । त्यसैगरी आठ महिनामा ८ खर्ब ४३ अर्ब ९८ करोड बराबरको वस्तुको आयात भएको छ भने ८० अर्ब ७७ करोड बराबरको वस्तु निर्यात भएको छ। कारोबार दैनिकमा खबर छ

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij