
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । आफ्ना ग्राहकहरुलाई सजिलो बैकिङ्ग सेवा प्रदान गर्न ग्लोबल आइएमई बैंक लिमिटेडले नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । यस बैकले सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका -४, फाप्लुमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो । बैंकको यस शाखारहित बैंकिङ्ग सेवाका लागि प्रतिनिधिमा मानकुमार श्रेष्ठलाई नियुक्त गरिएको छ ।
बैकिङ्ग सेवाको पहुँच देशभर पुयाउने उद्देश्यसहित बैंकले विभिन्न स्थानमा शाखाहरु विस्तार गरिरहेको छ । थप नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा आएसँगै शाखारहित संख्या २ सय ५६ पुगेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij