Jun 28 2026 | २०८३, असार १४ गते
काठमाडौं । सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य दुई सयले घटेर प्रतितोला ८७ हजारमा कायम छ। अघिल्लो दिन सुन तोलको ८७ हजार दुई सयले कारोबार भएको थियो। आज चाँदीको मूल्य २० रुपैयाँले घटेर १२ सय ६० रुपैयाँमा पुगेको छ। आइतबार चाँदी तोलमा १२ सय ८० रुपैयाँ कायम थियो। अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १७ सय ४० अमेरिकी डलरमा कारोबार भइरहेको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij