Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

६३ अंकले बढ्यो शेयर बजार

६३ अंकले बढ्यो शेयर बजार

  • काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजारमा हरियाली छाएको छ । आइतवार शेयर बजार ६३.३८ अंकले बढेर २५३८.४६ अंकमा गएर रोकिएको छ । आज ५ अर्ब ९१ करोड भन्दा बढीको कारोबार भएको छ भने १ करोड २४ लाख भन्दा बढी कित्ता शेयर किनबेच भएको छ भने आज सबै उपसमूहका कारोबार बढेको छ साथै सबै भन्दा बढी लघुवित्त कम्पनीहरुको कारोबार बढेको छ । यस उपसहूहको कारोबार बढे संगै यस उपसमूहको बारोबार ५.७ प्रतिशत कारोबार भएको छ । त्यस्तै,सबैभन्दा कम म्युचुअल फण्डको ०.१६ प्रतिशतले कारोबार बढेको छ । त्यस्तै, आज नेपाल बंगलादेश बैंक, माथिल्लो तामाकोशी, शिवम् सिमेन्ट, नेपाल लाइफ इन्स्योरेन्स र ग्रीन लाइफ हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । कारोबारमा आएकामध्ये ३२ कम्पनीको मूल्य घट्दा ११० भन्दा धेरै कम्पनीको मूल्य बढेको नेप्सेले जनाएको छ ।

    images
    images
    images

    त्यस्तै, चन्द्रागिरी हिल्सको मूल्य आइतबार पनि १० प्रतिशतले बढेर प्रतिकित्ता १४ सय रुपैयाँभन्दा माथि पुगेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij