Jun 28 2026 | २०८३, असार १४ गते
काठमाडौं । यस वर्ष बैशाख देखि चैत्र पहिलो साता सम्ममा ४ हजार २४७ ग्राहक कालोसूचीमा पर्नेहरूको सङ्ख्या बढ्दो क्रमजारि रहेको छ । कर्जा सूचना केन्द्रका अनुसार चालु वर्षको वैशाखमा ७९, जेठ ७४, असार ३६९, साउन ४०२ भदौ २८४, असोज ४००, कात्तिक ३३९, मंसिर ४१३, पुस ४६१, माघ ६२८, फाल्गुन ६४१, चैत्र (६ गते सम्म ) १६५ कालोसूचीमा पर्नेहरूको सङ्ख्या रहेको छ । कालो सूचीमा पर्ने मध्ये व्यक्ति मात्र नभइ संस्थाहरू पनि रहेका छन् । कोभिडका कारण समयमै ऋण बुझाउन नसक्दा कालोसूचीमा पर्नेहरुको सङ्ख्या बढेको हुन सक्छ । चेक बाउन्स (डिफल्ट) का कारण पनि कालो सूचीमा पर्नेहरू बढेको हो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij