Logo

Jun 28 2026 | २०८३, असार १४ गते

Jun 28 2026 | २०८३, असार १४ गते

४३ अंकले बढ्यो सेयर बजार, ४ कम्पनीको मूल्यमा १० प्रतिशतको वृद्धि

४३ अंकले बढ्यो सेयर बजार, ४ कम्पनीको मूल्यमा १० प्रतिशतको वृद्धि

  • काठमाडौँ । बिहीबार सेयर बजारको परिसूचक नेप्से करिब ४३ अंकले बढेको छ। ४२.९५ अंकले बढेको परिसूचक २४७५ अंकमा कायम भएको छ। यस दिन कारोबार रकममा पनि केही सुधार आएको छ। हिजो ४ अर्बमुनिको सेयर कारोबार भएकोमा आज ४ अर्ब ६६ करोड रुपैयाँको सेयर किनबेच भएको छ । यस दिन ब्यापार बाहेकका सबै समूह बढेका छन् । सो समूह ३९ अंकले घट्यो । बैंकिङ २६, होटल तथा पर्यटन ११२, विकास बैंक २४, जलविद्युत ३, फाइनान्स १४, निर्जीवन बीमा १९१, उत्पादन १६२, अन्य ४१, माइक्रोफाइनान्स १०२, जीवन बीमा ४१५ र लगानी समूह १ अंकले बढेको छ। यस दिन ४ कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ। ग्रिनलाइफ हाइड्रोपावर, युनाइटेड इदी मर्दी, चन्द्रागिरि हिल्स र नेपाल बंगलादेश बैंकको मूल्य १० प्रतिशतले बढेको हो । आजको कारोबारपछि ग्रिनलाइफको मूल्य प्रतिकित्ता ३९६ रुपैयाँ पुगेको छ। त्यस्तै चन्द्रागिरि हिल्सको मूल्य १२९२ रुपैयाँ कायम भयो। 

    onlinepatrika
    Arghakhachi

    नबिलसँगको मर्ज हल्लाका कारण नेपाल बंगलादेश बैंकको मूल्य १० प्रतिशतकै हाराहारीमा बढेर ३४९ रुपैयाँ पुगेको हो। 
    यस दिन जोशी हाइड्रोको मूल्य सबैभन्दा धेरै ६.८ प्रतिशतले घट्यो। कारोबार रकमका आधारमा पनि नेपाल बंगलादेश बैंक अग्रस्थानमा रह्यो। सो कम्पनीको ७६ करोड रुपैयाँ बराबरको सेयर किनबेच भयो । त्यस्तै नेपाल इन्फ्रास्ट्रक्चर बैंकको २१ करोड रुपैयाँ बराबरको कारोबार भयो। मूल्य भने घटेर ५२५ रुपैयाँमा झरेको छ। 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij