
Apr 02 2025 | २०८१, चैत २० गते
काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक सेयर बिक्री गर्ने लागेको हो ।
कम्पनीले बिहीबार सूचना जारी गर्दै कोषमा आफ्नो स्वामित्वको ५० हजार कित्ता संस्थापक सेयर बिक्री गर्ने जनाएको हो ।उक्त संस्थापक सेयरको मूल्य प्रतिकित्ता १ हजार ९ सय मात्र निर्धारण गरेको छ । कम्पनीले लिलामीमा बिक्री गर्न लागेको कोषको सेयरमा इच्छुक लगानीकार्ताले मंसिर २५ गतेदेखि पुस २ गतेसम्म आदेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १०० कित्ता र १० ले भाग जाने अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।
बोलपत्रमार्फत् बिक्री गरिने उक्त सेयरको बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ । सेयर खरिद गर्ने लगानीकर्ताले नबिल इन्भेष्टमेन्टको काठमाडौं नक्सालमा र प्रिमियर इन्सुरेन्सको केन्द्रीय कार्यालय नक्साल काठमाडौंबाट आवेदन दिनसक्ने उल्लेख गरिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij