
Apr 05 2025 | २०८१, चैत २३ गते
काठमाडौं । कोरोना महामारीका कारण सबैभन्दा बढी प्रभावित बनेको क्षेत्र हो होटेल । गत चैत्रदेखि थलिएको होटेल क्षेत्र अझै गतिशिल बन्न सकेको छैन ।
पर्यटन क्षेत्रभित्र पर्ने होटेल क्षेत्रलाई कोरोनाको असरबाट उकास्न अर्थ मन्त्रालय र राष्ट्र बैंकले विशेष सहुलितका प्याकेजहरु ल्याइसकेका छन् ।
लगानीका हिसाबले होटेल निकै ठूलो क्षेत्र बन्दै गएको छ । कोरोनाको महामारीका बेला पनि बैंकहरुले होटेलमा लगानी बढाएका छन् ।चालु आर्थिक वर्षको पहिलो ३ महिनामा होटेल क्षेत्रमा बैंकहरुको लगानी करिब ७ अर्ब रुपैयाँले बढेको छ ।
गत असार मसान्तसम्ममा बैंकहरुले होटेल क्षेत्रमा कूल १ खर्ब १३ अर्ब ९० करोड रुपैयाँ लगानी गरेका थिए । असोज मसान्तमा होटेलमा बैंकहरुले १ खर्ब २० अर्ब ८१ करोड रुपैयाँ लगानी गरेका छन् । यो ३ महिनाको अवधिमा ६ अर्ब ९१ करोड रुपैयाँले कर्जा बढेको छ ।
बैंकर्स संघका सीइओ अनिल शर्मा र होटेल एशोसिएसनका सीइओ टेक महतका अनुसार निर्माणाधीन होटेलहरुमा बैंकहरुले पहिला प्रतिवद्धता गरेको कर्जा दिइरहेकाले यो क्षेत्रमा कर्जा बढेको देखिएको हो ।
सीइओद्धय शर्मा र महतले भने, ‘साउनदेखि अवस्था केही सहज भएको छ, बैंकहरुले पनि निर्माणाधीन प्रोजेक्टमा लगानी गरिरहेका छन्, जसकारण यस्तो अवस्थामा पनि कर्जा बढेको देखिएको हो’ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij