Jun 28 2026 | २०८३, असार १४ गते
काठमाडौ । महिला लघुवित्तको सेयर कम्पनीको सेयर खरिदबिक्रीका लागि पहिलो कारोबार मूल्य नेप्सेले प्रतिकित्ता ३१३ रुपैयाँदेखि ९३९ रुपैयाँसम्म तोकेको छ। सो सीमाभित्र जुनसुकै मूल्यमा पहिलो कारोबार हुन सक्नेछ। कम्पनीको १० लाख कित्ता सेयर सूचीकृत भएको हो। सर्वसाधारणका लागि खुलेको आइपिओमा ३७ हजार ५०० जनाले १०–१० कित्ता मात्रै पाएका थिए । लघुवित्तका १५३ जना कर्मचारीलाई ५ हजार कित्ता शेयर बाँडफाँड गरिएको थियो भने सामुहिक लगानी कोषका लागि २० हजार कित्ता बाँडफाँड गरिएको थियो।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij