Logo

Jun 28 2026 | २०८३, असार १४ गते

Jun 28 2026 | २०८३, असार १४ गते

आईपीओमा बढ्यो आकर्षण, डीम्याट खोल्ने ३३ लाख नजिक

आईपीओमा बढ्यो आकर्षण, डीम्याट खोल्ने ३३ लाख नजिक

  • काठमाडौँ । डिम्याट खाता खोल्नेको सङ्ख्या ३३ लाख नजिक पुुगेको छ। पछिल्लो समय निरन्तर सुधारतर्फ लागिरहेको सेयर बजार र सार्वजनिक सेयर निष्कासन (आईपीओ)मा सर्वसाधारणको आकर्षणले डिम्याट खोल्नेको सङ्ख्या बढिरहेको छ। सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार सोमबारसम्म ३२ लाख ११ हजार ४१६ पुुगेको छ। उक्त लिमिटेडमा अनुसार झन्डै ३३ लाख डिम्याट खातामा छ अर्ब २६ करोड १८ लाख ३८ हजार ६०३ कित्ता सेयर रहेको छ। फागुनमा मात्रै झन्डै चार लाख डिम्याट खाता थपिएका छन्।

    onlinepatrika
    Arghakhachi

    माघमा तीन लाख १० हजार ४१६ डिम्याट खाता थपिएका थिए। सर्वसाधारणका लागि पछिल्लो समयमा हात खाली नहुने र ठूलो सङ्ख्यामा सेयर पर्नेगरी आईपीओ खुलाइएको नेपाल रिइन्स्योन्स कम्पनी र नेपाल इन्फ्रास्ट्रक्चर बैङ्ले आईपीओतर्फको आकर्षण बढाएका छन्।

    AGNI GROUP

    सीडीएस एन्ड क्लियरिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्यका अनुसार मेरो सेयर प्रयोगकर्ताको सङ्ख्या पनि २२ लाख १३ हजार ८०६ पुगेको छ। गोरखापत्रमा खबर छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij