Jun 28 2026 | २०८३, असार १४ गते
काठमाडौं । कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष शेखर गोल्छाले स्थानीय तहमा आर्थिक विकासका सम्भाव्यताहरूको पहिचान गरी सोहीअनुसार कार्यक्रम तय गर्नुपर्ने बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिका सदस्य सुरकृष्ण वैद्यको सभापतित्वमा गठित स्थानीय आार्थिक विकास समिति हालै विस्तार भएको छ। समितिको सह–सभापतिहरूमा महासंघको कार्यकारिणी समितिका सदस्यहरू उमेश डालमिया र महेन्द्रकुमार श्रेष्ठ र अन्य सदस्य चयन भएका छन्। उनका अनुसार समितिले स्थानीय तहमा उद्यमशिलता प्रवर्द्धन गर्ने कार्यक्रम ल्याउनुपर्छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij