Logo

Aug 06 2025 | २०८२, साउन २१ गते

Aug 06 2025 | २०८२, साउन २१ गते

सिरहा बम विस्फोट अपडेट : गम्भीर घाइतेलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइदै

सिरहा बम विस्फोट अपडेट : गम्भीर घाइतेलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइदै

  • काठमाडौं । सिरहाको जिल्ला मालपोत कार्यलय लहानमा बम विस्फोटमा गम्भीर घाइते भएका एक जनालाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ । बम विस्फोटमा गम्भीर घाइते भएका दिनेश कुमार भण्डारीलाई थप उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौं रिफर गरिएको हो । बम विस्फोटमा ८ जना घाइते भएका छन् । घटनास्थलमा जनतान्त्रिक मुक्ति मोर्चा (गोइत समूह) लेखिएको पर्चा भेटिएको प्रहरीले जनाएको छ । आज बिहानमात्र गोइत समूहका नेता रामविलाश यादवले आत्मसमर्पण गरेका थिए । यादव गोइत समूहका सेकेण्ड म्यान (नाइके) रहेका थिए । यादवले साढे १० बजे जिल्ला प्रशासन कार्यालयमा विज्ञप्ति बुझाउँदै आत्मसमर्पण गरेका जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदिप राजभण्डारीले बताए ।

    images
    images
    images

     

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij