
Aug 06 2025 | २०८२, साउन २१ गते
काठमाडौं । काठमाडौंको दक्षिणकालीमा तास खेलिरहेको अवस्थामा ११ जना पक्राउ परेका छन् । दक्षिणकाली नगरपालिका-३ भन्ञ्याङस्थित जगन्नाथ कार्कीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-५ बस्ने ४७ वर्षीय जयराम केसी समेत ११ जनालाई शनिवार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले उनीहरुलाई नगद २ लाख ६० हजार १ सत ४७ रुपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij